श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर, नुवाकोटका तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारी समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।२० गते ।
------------------------------------------

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका प्रधानाध्यापक हरिराम भण्डारीले स्थायीरूपमा शिक्षक भई अध्यापन गर्दाको बखत ३ वर्षे बेतलवी विदा लिई बैदेशिक रोजगारको लागी मलेशिया गएको र सेवानिवृत हुने समयमा सो अवधिसमेत गणना गरेको र आफू सोही विद्यालयको प्र.अ. हुँदा सवै कागजात नष्ट गरेको  देखिँदा आवश्यक छानविन गरी कारबाही गरिपाँउ भन्ने भने उजुरी उपर अनुसन्धान हुँदा श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका स्थायी शिक्षक तथा तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीले राजीनामा दिएपश्चात निजलाई सेवासुविधा उपलब्ध गराउने निवृत्तभरण प्रयोजनका लागि उक्त विद्यालयका निमित्त प्रधानाध्यापक केशव बहादुर बस्नेतले तयार गरी विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिनाले सिफारिस गरी जिल्ला शिक्षा अधिकारीले व्यहोरा प्रमाणित गरेको र सोही आधारमा विद्यालय शिक्षक कितावखानाबाट निजले शिक्षक सेवानिवृत सेवासुविधा लिएको देखिन आएकोले आफू र अन्य व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतसाथ नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरेको देखिंदा सो कार्यमा संलग्न देहाय बमोजिमका व्यक्तिहरू उपर देहाय बमोजिमको मागदाबी लिईएको छ।

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका स्थायी शिक्षक तथा तत्कालीन प्रधानाध्यापक हरिराम भण्डारीले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने बदनियतसाथ नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरेको पुष्टि भएको हुँदा निज हरिराम भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर अपराधमा विगो रु.२३,९९९।६७ (तेइस हजार नौ सय उनान्सय रुपैया, पैसा सतसठ्ठी) कायम गरी सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम सजाय गरी हानिनोक्सानी गरेको विगो रकम रु.२३,९९९।६७ (तेइस हजार नौँ सय उनान्सय रुपैया, पैसा सतसठ्ठी) सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदावी लिइएको ।

श्री सुलक्षणा माध्यमिक विद्यालय विदुर नगरपालिका वडा नं. ९ नुवाकोटका स्थायी शिक्षक केशव बहादुर बस्नेतले नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने र प्रतिवादी हरिराम भण्डारीलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले कार्य गरेको पुष्टि भएको हुँदा निज केशव बहादुर बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज केशव बहादुर बस्नेतलाई बिगो रु.२३,९९९।६७ का आधारममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको ।

साविक जिल्ला शिक्षा कार्यालय, विदुर, नुवाकोटका तत्कालीन विद्यालय निरीक्षक कुमार प्रसाद तिमिल्सिनाले शिक्षक तथा तत्कालीन प्रधानाध्यापक हरीराम भण्डारी पटक पटक गरी ३ वर्ष असाधारण विदा लिई बसेको अवस्थामा कुनै पनि विदा नलिएको व्यहोरा उल्लेख गरी विद्यालयले निवृत्तभरण प्रयोजनका लागि तयार पारेको बिदाको फारममा सिफारिस गरी जिल्ला शिक्षा अधिकारीसमक्ष पेश गरेको देखिन आएबाट निज प्रतिवादी कुमार प्रसाद तिमिल्सिनाले नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने र प्रतिवादी हरिराम भण्डारीलाई गैरकानुनी लाभ पुर्‍याउने बदनियतले कार्य गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी कुमार प्रसाद तिमिल्सिनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले निज कुमार प्रसाद तिमिल्सिनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेअनुसार बिगो रु.२३,९९९।६७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24