जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत तत्कालीन गाविस सचिव मणि प्रसाद राई उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१९ गते ।
------------------------------------------ 
जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत गाविस सचिव मणि प्रसाद राईले मृतक व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी खाइमासेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन गाविस सचिव मणि प्रसाद राईले सामाजिक सुरक्षा भत्ता वितरण कार्यसँग सम्बन्धित आफैंले ल्याप्चे लगाएको रु.१,४९,२००।-,परिचयपत्रमा रेकर्ड जनाई आफैले भुक्तानी लगेको साथै पेश्की फछर्यौट समेत गरिसकेको रू.६,०००।–तथा अन्य व्यक्तिको औठाछाप लगाई सामाजिक सुरक्षा भत्ता दिएको तर रेकर्डमा जनाएको वा हस्ते गरी दिएको ठोस आधार तथा प्रमाण पेश गर्न नसकेको रू.५४,५००।–गरी जम्मा रू.२,०९,७००।–(दुई लाख नौ हजार सात सय रूपैयाँ) नक्कली भरपाई तयार गरी झुठ्ठा कागजातको आधारमा तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको देखिदा निज गाविस सचिव मणि प्रसाद राईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम नेपाल सरकारको सम्पत्तिको हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरे-गराएको कसुर पुष्टि भएकोले सोही दफा १७ ले निर्देष गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को  खण्ड (घ) बमोजिम सजाय गरी नेपाल सरकारको हानिनोक्सानी गरेको विगो रू.२,०९,७००।– (दुई लाख नौ हजार सात सय रूपैयाँ) सोही ऐनको दफा १७ बमोजिम निजले खाइमासेको सामाजिक सुरक्षा भत्ताबापतको रकम असुलउपर गरी पाउनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24