राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीउपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१८ गते
---------------------------------------

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त  कार्यालय प्रमुख रघुपती चौधरी समेतले वार्षिक कार्यक्रम बमोजिम कफी खेतीको प्रवर्द्धनका लागि कृषकहरूलाई उपलब्ध गराएको Moisture Meter  अनुदानबापत कृषकहरूबाट बुझाइएको रकम रसिद काटी बैंक दाखिलासहित लेखामा प्रविष्ट गर्नुपर्नेमा सो नगरी अनियमितता गरेको भन्ने विषयको उजुरीउपर अनुसन्धान हुँदा निज तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले कफी खेतीको प्रवर्द्धनका लागि कृषकहरूलाई उपलब्ध गराएको Moisture Meter र पल्पर मेशिन ५०% अनुदानबापत कृषकहरूबाट बुझाइएको कुल रकम रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) रसिद काटी बैंक दाखिलासहित लेखामा प्रविष्ट गर्नुपर्नेमा सो नगरी नेपाल सरकारलाई रू.६३,५७७।-(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) बराबरको राजस्व रकम हानिनोक्सानी पुर्‍याएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर पुष्टि हुन आएकोले निज तत्कालीन कार्यालय प्रमुख रघुपती चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ ले व्यवस्था गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम विगो रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) कायम गरी कैद सजायका साथै सो विगो असुल गरी जफत हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम चुहावट भएको राजस्व रकम रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) को दोब्बर जरिवाना गरी पाउन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24