राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीउपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१८ गते
---------------------------------------

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त  कार्यालय प्रमुख रघुपती चौधरी समेतले वार्षिक कार्यक्रम बमोजिम कफी खेतीको प्रवर्द्धनका लागि कृषकहरूलाई उपलब्ध गराएको Moisture Meter  अनुदानबापत कृषकहरूबाट बुझाइएको रकम रसिद काटी बैंक दाखिलासहित लेखामा प्रविष्ट गर्नुपर्नेमा सो नगरी अनियमितता गरेको भन्ने विषयको उजुरीउपर अनुसन्धान हुँदा निज तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले कफी खेतीको प्रवर्द्धनका लागि कृषकहरूलाई उपलब्ध गराएको Moisture Meter र पल्पर मेशिन ५०% अनुदानबापत कृषकहरूबाट बुझाइएको कुल रकम रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) रसिद काटी बैंक दाखिलासहित लेखामा प्रविष्ट गर्नुपर्नेमा सो नगरी नेपाल सरकारलाई रू.६३,५७७।-(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) बराबरको राजस्व रकम हानिनोक्सानी पुर्‍याएको देखिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर पुष्टि हुन आएकोले निज तत्कालीन कार्यालय प्रमुख रघुपती चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ ले व्यवस्था गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम विगो रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) कायम गरी कैद सजायका साथै सो विगो असुल गरी जफत हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम चुहावट भएको राजस्व रकम रू.६३,५७७।–(त्रिसठ्ठी हजार पाँचसय सतहत्तर रूपैयाँ) को दोब्बर जरिवाना गरी पाउन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26