श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ कुशुम्हा, नवलपरासीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१८ गते
---------------------------------------
नवलपरासी जिल्ला अन्तर्गत पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय कुशुम्हाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायले शिक्षकको सरुवा सहमति तथा रमाना गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निजहरू अध्यक्ष केदार गिरी र प्रधानाध्यापक लेखनाथ उपाध्यायले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रू.६५,०००।– (अक्षरुपी पैसट्ठी हजार) लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको क्रममा सिद्धार्थ मा.वि.कुशुम्हाका प्रधानाध्यापक लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले एक आपसमा मिलेमतो गरी सेवाग्राहीको नियमानुसार सरूवा भइसकेपछि पनि रमानापत्र उपलब्ध नगराई सरूवा सहमति र रमानापत्रको लागि भनी बार्गेनिङ गरी आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस/रिसवत दिन बाध्य पारी सोवापत रू.६५,०००।– (अक्षरुपी पैसठ्ठी हजार) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निजहरूलाई विगो रू.६५,०००।– (अक्षरुपी पैसठ्ठी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24