मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यालय सहयोगी पाँचौ तहमा कार्यरत कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१८ गते
----------------------------------------
मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौं तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.ले बैंक तथा वित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसँग जग्गा रोक्का राख्न सहज गरिदिने भनी घुस रिसवत माग गर्ने गरेको गोप्य सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले  निज कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.बीच रु.३५,०००।– (अक्षरुपी पैंतीस हजार) घुस रकम लिनेदिने कार्य गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको क्रममा मालपोत कार्यालय मनमैजुका कार्यालय सहयोगी कान्छा भण्डारीले आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक जग्गा रोक्काको लागि सहज गरिदिने बहानामा घुस रिसवतवापत रू.३५,०००।–(पैंतीस हजार) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको साथै अर्का आरोपित ईश्वर के.सी.ले कान्छा भण्डारीको लागि उक्त रकम उपलब्ध गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा निजहरू कान्छा भण्डारी र ईश्वर के.सी.लाई विगो रू.३५,०००।– (पैंतीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुनका साथै घुस/रिसवतवापत भनी उपलब्ध गराएको बरामद भई आएको रू.३५,०००।– (पैंतीस हजार) भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (२) बमोजिम जफत हुने मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24