मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यालय सहयोगी पाँचौ तहमा कार्यरत कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१८ गते
----------------------------------------
मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौं तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.ले बैंक तथा वित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसँग जग्गा रोक्का राख्न सहज गरिदिने भनी घुस रिसवत माग गर्ने गरेको गोप्य सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले  निज कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.बीच रु.३५,०००।– (अक्षरुपी पैंतीस हजार) घुस रकम लिनेदिने कार्य गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
 
अनुसन्धानको क्रममा मालपोत कार्यालय मनमैजुका कार्यालय सहयोगी कान्छा भण्डारीले आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक जग्गा रोक्काको लागि सहज गरिदिने बहानामा घुस रिसवतवापत रू.३५,०००।–(पैंतीस हजार) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको साथै अर्का आरोपित ईश्वर के.सी.ले कान्छा भण्डारीको लागि उक्त रकम उपलब्ध गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा निजहरू कान्छा भण्डारी र ईश्वर के.सी.लाई विगो रू.३५,०००।– (पैंतीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुनका साथै घुस/रिसवतवापत भनी उपलब्ध गराएको बरामद भई आएको रू.३५,०००।– (पैंतीस हजार) भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (२) बमोजिम जफत हुने मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला 

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26