साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्री उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१७ गते ।
-------------------------------------------------

पर्वत जिल्ला, साविक तिलाहार गाउँ विकास समितिका विभिन्न व्यक्ति, संस्था र कर्मचारीसमेतले विभिन्न प्रयोजनका लागि लिएको पेश्की रकम हालसम्म पनि फर्छ्यौट नगरेको तथा तत्कालीन गाउँ विकास समितिको कार्यालयका सचिव लिल प्रसाद श्रेष्ठले अन्य व्यक्तिको नाममा समेत रकम निकालेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्रीले मिलेमतो गरी रकम बाँडेर लिई साविक तिलाहार गाउँ विकास समितिको बाख्रापालनतर्फको सरकारी रकम रू.४०,०००/- बद्नियतपूर्वक हिनामिना, हानिनोक्सानी गरेको तथ्य व्यहोराबाट खुल्न आई भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकोले विगो रू.४०,०००/- कायम गरी साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन गा.वि.स. सचिव लिल प्रसाद श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनले निर्देश गरेअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा १७ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको विगो रू.२५,०००/- (पच्चीस हजार) लिल प्रसाद श्रेष्ठबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन र चित्र बहादुर बस्नेत क्षेत्री भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइरा

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24