साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्री उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१७ गते ।
-------------------------------------------------

पर्वत जिल्ला, साविक तिलाहार गाउँ विकास समितिका विभिन्न व्यक्ति, संस्था र कर्मचारीसमेतले विभिन्न प्रयोजनका लागि लिएको पेश्की रकम हालसम्म पनि फर्छ्यौट नगरेको तथा तत्कालीन गाउँ विकास समितिको कार्यालयका सचिव लिल प्रसाद श्रेष्ठले अन्य व्यक्तिको नाममा समेत रकम निकालेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन सचिव लिल प्रसाद श्रेष्ठ र मोदी गाउँपालिका वडा नं. ६ बस्ने चित्र बहादुर बस्नेत क्षेत्रीले मिलेमतो गरी रकम बाँडेर लिई साविक तिलाहार गाउँ विकास समितिको बाख्रापालनतर्फको सरकारी रकम रू.४०,०००/- बद्नियतपूर्वक हिनामिना, हानिनोक्सानी गरेको तथ्य व्यहोराबाट खुल्न आई भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकोले विगो रू.४०,०००/- कायम गरी साविक तिलाहार गाउँ विकास समिति, पर्वतका तत्कालीन गा.वि.स. सचिव लिल प्रसाद श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनले निर्देश गरेअनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा १७ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गरी हिनामिना, हानिनोक्सानी गरेको विगो रू.२५,०००/- (पच्चीस हजार) लिल प्रसाद श्रेष्ठबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुल उपर हुन र चित्र बहादुर बस्नेत क्षेत्री भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको मतियार भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइरा

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29