राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डे उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१७ गते ।
--------------------------------------------

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डेले पटक पटक फोन गरी सेवाग्राहीले भारतबाट घरायसी प्रयोजनका सामानहरू ल्याउने क्रममा मासिकरूपमा रकम नदिए सामान जफत गरी थुनी दिने भनी डरधम्की देखाई घुस/रिसवत माग गरी रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले विरेन्द्र पाण्डे भन्ने विरेन्द्र प्रसाद पाण्डे र विरेन्द्र बर्मालाई घुस रिसवत सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो  ।

अनुसन्धानको क्रममा भारततर्फबाट घरायसी प्रयोजनका सामानहरू ल्याउने गरेकोमा उक्त सामानहरू जफत गरी पक्राउ गराउन सकिने भनी पक्राउ नगर्न नगराउनका लागि निज अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डेले जिल्ला रूपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकमा फलफूल पसल गरी बस्ने विरेन्द्र बर्मालाई सेवाग्राहीबाट आफ्ना लागि रू.३,०००/- (तीन हजार) घुस/रिसवत लिन लगाएको तथ्य पुष्टी भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज विरेन्द्र प्रसाद पाण्डेलाई बिगो रू. रू.३,०००/- (तीन हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै फलफूल पसले विरेन्द्र बर्माले अनुसन्धान सहायक विरेन्द्र प्रसाद पाण्डेका लागि सेवाग्राहीबाट घुस/रिसवतको रकम लिई उक्त रकम निजबाटै बरामद भएको अवस्था रहेको देखिन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मतियार हुने कार्य गरेकोमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम हुने सजायको मागदावी लिनुपर्ने देखिए तापनि निज पक्राउ परेपश्चात उक्त घुस लेनदेन सम्बन्धमा भएको यथार्थ व्यहोरा खुलाई अनुसन्धानमा सहयोग पुर्‍याएको आधार र कारणबाट निज विरेन्द्र बर्मालाई ऐ. ऐनको दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई आयोगको साक्षीका रूपमा पेश गर्ने।

प्रवक्ता
प्रदीपकुमार कोइराल

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24