जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेपलान्चोक, बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँ उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१५ गते ।
--------------------------------------------

मेलम्ची देखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्ट समेतका कर्मचारीहरूले नदीजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न कारण देखाई दु:ख हैरानी दिई घुस/रिसवत माग गरी रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले बनेपा ट्राफिक पोष्टमा कार्यरत प्रहरी हवल्दार रामहरी मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँले रू.२०००।– घुस रिसवत लिएको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो  ।

अनुसन्धानको क्रममा निजहरूले एकआपसमा मिलेमतो गरी  प्रहरी जवान हरिचन्द्र बानियाँले रू.२,०००।–(दुई हजार) घुस/रिसवत लिई निजको साथबाट विभिन्न कम्पनीको रिचार्जकार्डहरु जम्मा रू.२,९००/- बराबरको तथा प्रहरी हवल्दार रामहरी मानन्धरको साथबाट रू. १,२००/- बराबरको प्रयोग नगरिएको कार्डहरू बरामद भएकोमा निजहरूले सवारीसाधनहरू चेकजाँच गर्ने बहानामा नियमविपरीत विभिन्न सवारी चालकसँग नगदको साटोमा प्रयोग नगरिएका रिचार्जकार्डहरू घुस/रिसवत लिएको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज प्रहरी हवल्दार रामहरी मानन्धरलाई विगो रू.३,२००/- (तीन हजार दुई सय) कायम गरी र प्रहरी जवान हरिचन्द्र बानियाँलाई विगो रू.४,९००/- (चार हजार नौ सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन र निजहरूबाट बरामद भएका रिचार्जकार्डहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन  मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24