भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका नायव सुब्बा हरि नारायण उपाध्याय र लेखापढी व्यवसायी हिरामणी निरौलाउपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१० गते
-------------------------------------------- 

मालपोत कार्यालय, भक्तपुरमा कार्यरत रहेका कर्मचारीहरूले कार्यालय समय पश्चात तथा कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायीहरूसँग घुस/रिसवत माग गर्ने गरेको हुँदा संलग्न कर्मचारीलाई कारवाहीगरी पाउँ भन्ने व्यहोराको सूचना एवं उजुरीको आधारमा मालपोत कार्यालय, भक्तपुरका नायव सुव्वा हरि नारायण उपाध्यायले सेवाग्राहीहरूको कामलाई लेखापढी व्यवसायी हिरामणी निरौला मार्फत सहज गरिदिए बापत कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायी हिरामाणी निरौलासँग रू.४,०००।–(चार हजार) घुस रकम लिई लुकाई राखेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरूलाई प्रमाण सहित नियन्त्रणमा लिई घुसबापत लिएको रकम रू.४,०००।–(चार हजार) बरामद भएको थियो ।

उक्त रकम घुस/रिसवतबापत लेनदेन गरेको देखिन आएकोले निज नायव सुब्बा हरिनारायण उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको र लेखापढी व्यवसायी हिरामणी निरौलाले सेवाग्राहीको काम आफू मार्फत सहज गराउनलाई नायव सुब्बा हरिनारायण उपाध्यायलाई रू.४,०००।–(चार हजार) घुस रकम दिई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजहरूलाई जनही विगो रू.४,०००।–(चार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र जरिवाना सजाय गरी घुस रिसवतबापत लिएको रकम विगो रू.४,०००।–निज प्रतिवादीहरूबाट ऐ.एनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24