नगराइन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१० गते
---------------------------------------------
नगराइन नगरपालिका, धनुषाका सव-इन्जिनियर उमेश मण्डल विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
निजले विभिन्न योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी लिन सहज गराई दिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, महोत्तरीबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर उमेश मण्डललाई सेवाग्राहीसँग रू.५५,०००।– (पचपन्न हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज सव-इन्जिनियर उमेश मण्डलले आयोजनाहरूको कार्य सम्पन्न प्रतिवेदन तथा बिल भुक्तानी सहजीकरण गरेबापत भनी घुस/रिसवत रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजलाई विगो रू.५५,०००।-(पचपन्न हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता
Tweet