भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर उपर आरोप-पत्र दायर गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०९ गते ।
------------------------------------

भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर विरूद्ध आरोप-पत्र दायर गरिएको छ ।

निजले जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज नायव सुब्बा मिथिलेश्वर ठाकुलाई सेवाग्राहीसँग रू.५,०००।–(पाँच हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुरले सेवाग्राहीसँग मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि रू.५,०००।– (पाँच हजार) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजलाई विगो रू.५,०००।– (पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा(१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29