पूर्वाञ्चल विश्वविद्यालय,चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०५।०८ गते ।
---------------------------------------------

पूर्वाञ्चल विश्वविद्यालय,चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

निजले काठमाडौंस्थित कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई सेवाग्राहीसँग रू.६,७५,०००।–( छ लाख पचहत्तर हजार) घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा निज पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइरालाले सेवाग्राहीले विश्वविद्यालयलाई जरीवानस्वरूप तिर्नु, बुझाउनु पर्ने रकमलाई मिलाइदिने प्रयोजनको लागि रू.६,७५,०००।–(छ लाख पचहत्तर हजार) घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई विगो रू.६,७५,०००।–(छ लाख पचहत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 

प्रवक्ता 
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26