नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०६ गते ।
------------------------------------------
नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

नापी कार्यालय इनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदारले जग्गा नापजाँच गरी नक्सा सुधार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निजहरू सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदारलाई सेवाग्राहीसँग रू.११,००० ।– (एघार हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज सर्वेक्षक मागैन महतोले जग्गा नापजाँच गरी नक्सा सुधार गरिदिने प्रयोजनको लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी, विभिन्न बरबहाना बनाई आफूले गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई अप्ठेरोमा पारी घुस रिसवत दिन बाध्य बनाएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको स-प्रमाण पुष्टि भएकोले निजलाई विगो रू. रू.११,०००।–(एघार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिइएको ।

साथै लेखापढी व्यवसायी रामनारायण पोदारले घुस रिसवत बापतको रकम लिने सम्बन्धमा सर्भेक्षक मागैन महतोसँग सर-सल्लाह सहमति गरी आफुले गर्न नसक्ने जग्गा नापजाँच गरी नक्सा सुधार गर्ने कार्यको आफूले जिम्मा लिई घुस बापतको रू.११,०००।–(एघार हजार) बुझी लिएको देखिँदा निज लेखनदास रामनारायण पोदारको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको स-प्रमाण पुष्टि भएकोले निजलाई विगो रू.११,०००।–(एघार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29