प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०६ गते ।
--------------------------------------------

प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने पाँचखाल प्रहरीमा कार्यरत रहेका मोटर साईकल गस्तीमा हिंड्ने प्रहरी कर्मचारीहरू समेतले चेक गर्ने बहानामा दु:ख हैरानी दिंदै  घुस रिसवत बापत रू.२,०००।– (दुई हजार) माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले प्रहरी चौकी, पाँचखाल काभ्रेका प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेलाई  रू.२,०००।–घुस रिसवत लिएको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो  ।

अनुसन्धानको क्रममा निजहरू प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेले  सेवाग्राहीलाई ट्रिपर रोक्न लगाई बालुवाबाट पानी चुहाएकोले पक्राउ गरी कारवाहीका लागि पठाउने भनी  पक्राउ नगर्नका लागि रू.२,०००।–(दुई हजार) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आइ निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको स-प्रमाण पुष्टि भएकोले निजहरूलाई विगो रू. रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैदको सजाय हुन  मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26