कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका इन्जिनियर कमल प्रसाद सिटौलासमेत ५ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०४ गते 
--------------------------------------------
कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका इन्जिनियर कमल प्रसाद सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतले निर्माण योजना तारजालीमा ढुङ्गा भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले निजहरू इन्जिनियर कमल प्रसाद सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतलाई रू.१५,००,०००/- (पन्ध्र लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा बिवेचित आधार, प्रमाण र कारणबाट निज इन्जिनियरहरू कमल प्रसाद सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र आनन्दलाल प्रसाद साहसमेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा निजहरूले उपभोक्ता समिति मार्फत सम्पन्न भएको तारजालिमा ढुङ्गा भर्ने कार्यको बिल रकम भुक्तानी गराई दिएबापत घुस रिसवत माग गरी रू.१५,००,०००।– (पन्ध्र लाख) घुस वापतको रकम बुझिलिई सवारी चालक टंक प्रसाद ओझालाई गाडीमा राख्न पठाएको अवस्थामा गाडीबाट उक्त रकम बरामद भई आएको स-प्रमाण पुष्टि भएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध भएको हुँदा निजहरू इन्जिनियरहरू कमल प्रसाद  सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र आनन्दलाल प्रसाद साहलाई विगो रू.१५,००,०००।– (पन्ध्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिईएको ।

साथै प्रतिवादी टंक प्रसाद ओझाले अन्य प्रतिवादीहरू कमल प्रसाद सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र आनन्दलाल प्रसाद साह समेतलाई रू.१५,००,०००।–(पन्ध्र लाख) घुस रकम लिन सघाउ पुर्‌याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को मतियारको कार्य कसूर गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विगो रू. १५,००,०००।– (पन्ध्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09