कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका इन्जिनियर कमल प्रसाद सिटौलासमेत ५ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०४ गते 
--------------------------------------------
कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका इन्जिनियर कमल प्रसाद सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतले निर्माण योजना तारजालीमा ढुङ्गा भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले निजहरू इन्जिनियर कमल प्रसाद सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतलाई रू.१५,००,०००/- (पन्ध्र लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा बिवेचित आधार, प्रमाण र कारणबाट निज इन्जिनियरहरू कमल प्रसाद सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र आनन्दलाल प्रसाद साहसमेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा निजहरूले उपभोक्ता समिति मार्फत सम्पन्न भएको तारजालिमा ढुङ्गा भर्ने कार्यको बिल रकम भुक्तानी गराई दिएबापत घुस रिसवत माग गरी रू.१५,००,०००।– (पन्ध्र लाख) घुस वापतको रकम बुझिलिई सवारी चालक टंक प्रसाद ओझालाई गाडीमा राख्न पठाएको अवस्थामा गाडीबाट उक्त रकम बरामद भई आएको स-प्रमाण पुष्टि भएकोले निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध भएको हुँदा निजहरू इन्जिनियरहरू कमल प्रसाद  सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र आनन्दलाल प्रसाद साहलाई विगो रू.१५,००,०००।– (पन्ध्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिईएको ।

साथै प्रतिवादी टंक प्रसाद ओझाले अन्य प्रतिवादीहरू कमल प्रसाद सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र आनन्दलाल प्रसाद साह समेतलाई रू.१५,००,०००।–(पन्ध्र लाख) घुस रकम लिन सघाउ पुर्‌याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को मतियारको कार्य कसूर गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विगो रू. १५,००,०००।– (पन्ध्र लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24