सिम्ता गाउँपालिका सुर्खेतका सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल समेत ५ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०३ गते
--------------------------------------------

जिल्ला सुर्खेत, सिम्ता गाउँपालिका वडा नं. २ देउली-सिर्पा-काफलकोट जोड्ने सडकमा विनियोजन भएको रकम बराबरको काम नभएको भन्ने उजुरीउपर अनुसन्धान हुँदा सिम्ता गाउँपालिकामा कार्यरत सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल र इञ्जिनियर, नविन शर्माले देउली-सिर्पा-काफलकोट सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने आइटमहरूमा बढी परिमाण गरेको देखाई कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आयो । यस्तो गलत प्रतिवेदन पेश गरी रू.४,५६,४३१।३५ (चार लाख छपन्न हजार चारसय एकत्तीस र पैसा पैतीस)  बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग)  र (ङ) तथा सोही ऐनको दफा १९ को उपदफा (२) को कसुर गरेको प्रमाणित हुन आएकोले प्रतिवादीहरू नविन शर्मा र शिव शंकर पोख्रेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी विगो असुलउपर हुन र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनसमेतको मागदावी लिइएको।

देउली- सिर्पा- काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष, भुवान सिंह ठकुरी, कोषाध्यक्ष श्रीमती टिगा वली र सचिव नन्द सिंह ठकुरीले सुर्खेत सडक निर्माणको लगत इष्टिमेट र सम्झौताबमोजिम ११६० मिटरको नयाँ ट्रयाक खनी खोल्नुपर्नेमा सिम्ता गाउँपालिका कार्यालयका सिभिल सबइञ्जिनियर शिव शंकर पोख्रेल र इञ्जिनियर नविन शर्मासँग दूषित मनसायले मिलेमतो गरी ९४० मिटर लम्बाइ मात्र नयाँ ट्रयाक खोलेको तथ्यलाई लुकाई नभए नगरेको नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवम्‍ कार्य सम्पन्न प्रतिवेदन बनाई उक्त काममा मेशिनरी (डोजर) प्रयोग गरेको बिल भरपाईसमेत पेश नगरी बदनियतपूर्वक गैरकानूनी रूपमा बढी रकम भुक्तानी लिनुखानु गरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी र आ-आफूले गैरकानूनी लाभ लिई निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले गैरकानूनीरूपमा बढी भुक्तानी लिइ खाएमासेको रू.४,५६,४३१।३५ (चार लाख छपन्न हजार चारसय एकत्तीस र पैसा पैतीस) रकम विगो कायम गरी निज प्रतिवादीहरू भुवान सिंह ठकुरी, टिंगा वली र नन्द सिंह ठकुरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४)  बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) बमोजिम निजहरूबाट विगो असुलउपर गरी जफत गर्ने मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24