महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेत ३ जना उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०२ गते
------------------------------------------
महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेतले सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग  विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ,टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर साउदलाई सेवाग्राहीसँग रू.१,००,०००।– (अक्षरुपी एक लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रतिवादीहरू प्रहरी जवान देवेन्द्र बहादुर बलायर, प्रहरी जवान हिटलर साउद र प्रहरी जवान लोकेन्द्र थापा समेतलको प्रत्यक्ष संलग्नता एवं एक आपसमा मिलेमतो गरी दुर्घटना सिफारिस दिए बापत सेवाग्राहीसँग रू १,००,०००।–(एक लाख ) घुस /रिसवत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरू देवेन्द्र बहादुर बलायर, हिटलर साउद र लोकेन्द्र थापालाई जनही बिगो रू .१,००,०००( एक लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

साथै निज प्रहरी जवान देवेन्द्र बलायरसँगै नियन्त्रणमा लिइएका प्रहरी जवान आकाश खनाल र निरज भण्डारीको घुस रिसवत लिने कार्यमा प्रत्यक्ष संलग्नता रहे भएको नदेखिएता पनि निजहरूले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियार  हुने कार्य गरेको देखीएतापनि घटनाको सम्पूर्ण तथ्य खुलाई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा निजहरूको हकमा हाल मुद्दा नचलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१५) र भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम सजायको मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा पेश गर्ने ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22