हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।३० गते ।
--------------------------------------------
हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान तेज प्रसाद  भट्टराई उपर आरोप-पत्र दायर गरिएको ।
---------------------------------------------------------------------------------------------------------------------------------

मेलम्ची देखि काठमाडौंतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेका प्रहरी जवान तेज प्रसाद भट्टराई  नदिजन्य पदार्थ ढुवानी गरे वापत विभिन्न बहाना गरी  घुस रिसवत बापत रू.२,०००।– (दुई हजार) माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराईले रू.२,०००।–घुस रिसवत लिएको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज प्रहरी जवान तेज प्रसाद भट्टराईले सेवाग्राहीसँग सवारी साधन चेकजाँच गर्ने क्रममा नियमित काम गर्ने हो भने मासिक रूपमा रू.२,०००।–(दुई हजार) का दरले बुझाउनुपर्छ भनी आफ्नो जिम्मेवारी, ओहोदा र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक रकमको वार्गेनिङ गरी रू.२,०००।– (दुई हजार) घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रू.२,०००।–(दुई हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24