जिल्ला बारा, कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२८ गते
----------------------------------------- 
जिल्ला बारा, कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव उपर आरोप-पत्र दायर गरिएको ।
-------------
जिल्ला बारा कलैया उपमहानगरपालिकाका इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादव विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।जिल्ला बारा, कलैया उपमहानगरपालिका वडा नं.२१ स्थित तपी मा.वि.भोडहादेखि मदिलवाससम्म सडक ढलान गर्ने काममा उपभोक्ता समितिले लागत इष्टिमेटअनुसारको नापीमा निर्माण कार्य नगरी खिया लागेको कमसल फलामको डण्डी र न्यून गुणस्तरको सिमेन्ट प्रयोग गरी रकम हिनामिना गरेको भन्ने समेतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा कलैया उपमहानगरपालिकाका इन्जिनियर किशोर यादवले गैरकानूनी लाभ वा हानि पुर्‌याउने बदनियतले वास्तविक भए गरेको भन्दा बढी काम देखाई नापी किताव तयार गरेको  र सोही उपमहानगरपालिकाका इन्जिनियर माधव प्रसाद यादवले उक्त कार्यलाई समर्थन जनाई सिफारिस गरेको देखिएको हुँदा निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरू इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवलाई बिगो रू.५,७१,२६९।५०( पाँच लाख एकहत्तर हजार दुई सय उनान्सत्तरी रूपैयाँ पचास पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24