डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२७ गते
------------------------------------------- 
डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------------------------------------------------------------------------------------------------

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
निज कम्प्युटर अपरेटर प्रकाश पौडेल र Wild Strong Consultancy का सुमित शाहीले सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निजहरू प्रकाश पौडेल र सुमित शाहीलाई सेवाग्राहीसँग रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट निज प्रकाश पौडेलले सेवाग्राहीसँग सडकखण्ड स्तरोन्नति आयोजनाको कार्यसम्पन्न अन्तिम बिल भुक्तानी प्रयोजनको लागि ठेक्का साइनिङबापत र अफिस मिलाउनको लागि भनी सेवाग्राहीको काम नै नगरी आलटाल गरी घुस रिसवत दिन बाध्य पारी रू. १,७५,०००।–(एक लाख पचहत्तर हजार) घुस /रिसवत रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले निज प्रकाश पौडेललाई बिगो रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै सोही समयमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका सुमित शाहीले सेवाग्राहीले प्रकाश पौडेललाई दिएको घुस/रिसवत रकम रू.१,७५,०००।–(एक लाख पचहत्तर हजार) राखी दिई निजबाट सो रकम बरामद भई निजसमेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गर्न मतियारको कसुर गरे तापनि निज घुस/रिसवत भ्रष्टाचार कसुरमा प्रत्यक्ष संलग्न नरहेको र निज प्रकाश पौडेलले सेवाग्राहीसँग घुस रिसवत लिएको बखतको प्रत्यक्षदर्शीको रूपमा रहेको तथा निजले अनुसन्धानको क्रममा सम्पूर्ण व्यहोरा खुलाई अनुसन्धानमा सघाएको देखिंदा निज सुमित शाहीलाई सजायको मागदावीमा पूर्ण छुट दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम आयोगको साक्षीको रूपमा पेश गरिएको ।  

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24