रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२७ गते
-------------------------------------------
रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव उपर आरोप-पत्र दायर गरिएको ।
---------------------------------------------------------------------------------------------------------------------
रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव उपर विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
निजले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्याङ्कन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार, कारण एवं सबुत प्रमाणहरूसमेतबाट निज इन्जिनियर रामजी बाबु यादवले गाउँपालिकाभित्र विद्युत जडान गर्ने कार्यको क्रममा भुक्तानी प्रकृयाको सहजीकरण गरिदिएबापत रू.५०,०००।– घुस रकम लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रु.५०,०००।–(पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26