सशस्त्र प्रहरी बल नेपाल नं.४ गण, इनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवान बलराम यादव उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२७ गते
-------------------------------------------

सशस्त्र प्रहरी बल नं.४ गण, इनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवान बलराम यादव उपर विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

निजले व्यापार व्यवसाय सहज बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू.१,५०,०००।–(एक लाख पचास हजार मात्र) घुस वापतको रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निज सशस्त्र प्रहरी जवान बलराम यादवले सेवाग्राहीलाई व्यापार व्यवसाय गर्न सहज गराइदिने भनी रू.१,५०,०००।– (एक लाख पचास हजार) घुस रिसवत लिएको तथ्य पुष्टि हुन आएको हुँदा निजले गरेको उक्त कार्य  भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिएकोले निजलाई बिगो रू.१,५०,०००।–(एक लाख पचास हजार मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26