गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२७ गते
------------------------------------------- 
गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठ उपर आरोप-पत्र दायर गरिएको ।
----------------

गोलबजार नगरपालिका, सिरहाका इन्जिनियर जगदिश प्रसाद साह र सब-इन्जिनियर उमा श्रेष्ठ विरूद्ध विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरिएको छ ।
गोलबजार नगरपालिका, सिरहाका सब-इन्जिनियर उमा श्रेष्ठले विद्यालयको शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले निज सब-इन्जिनियर उमा श्रेष्ठलाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट जिल्ला सिरहा, गोलबजार नगरपालिका स्थित विद्यालयको शौचालय निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि बिल भरपाई पेश गर्दा उक्त नगरपालिकाका इन्जिनियर जगदिश प्रसाद साहको निर्देशन, सल्लाह र सहमतिमा सव-इन्जिनियर उमा श्रेष्ठले सेवाग्राहीसँग रू. ५०,०००।–(पचास हजार) माग गरी घुस/ रिसवतबापत लिएको देखिन आएकोले निज सव-इन्जिनियर उमा श्रेष्ठ र इन्जिनियर जगदिश प्रसाद साहबीचको मिलेमतोमा इन्जिनियर उमा श्रेष्ठले सेवाग्राहीसँग घुस/ रिसवत लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजहरूलाई जनही बिगो रू.५०,०००।–(पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24