घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२६ गते ।
------------------------------------------
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------  
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी उपर विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरिएको छ ।
निजले होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू.४,०००।–(चार हजार) घुस लिँदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो। अन्य सूचनाको आधारमा निजको कोठा खानतलासी गरी कानून बमोजिम बरामद सहित जिल्ला प्रशासन कार्यालय दोलखाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दाखिला हुन आएको हुँदा सो सम्बन्धमा निज पुष्कर अधिकारी माथि अनुसन्धान सुरु भएको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट निज पुष्कर अधिकारीले होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग रू.४,०००।–घुस रिसवल लिएको देखिन आई निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुर भएको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.४,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै सेवाग्राहीले निज पुष्कर श्रेष्ठलाई घुस दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(३) बमोजिमको कसुर गरेको देखिए तापनि उक्त भ्रष्टाचारजन्य कसुरमा निजले तत्कालै कानुनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, दोलखामा उजुरी निवेदन दिई अनुसन्धानमा सहयोग गरेको आधार र कारणबाट भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम निजलाई हुने सजायमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरी आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26