घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२६ गते ।
------------------------------------------
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------  
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी उपर विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरिएको छ ।
निजले होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू.४,०००।–(चार हजार) घुस लिँदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो। अन्य सूचनाको आधारमा निजको कोठा खानतलासी गरी कानून बमोजिम बरामद सहित जिल्ला प्रशासन कार्यालय दोलखाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दाखिला हुन आएको हुँदा सो सम्बन्धमा निज पुष्कर अधिकारी माथि अनुसन्धान सुरु भएको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट निज पुष्कर अधिकारीले होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग रू.४,०००।–घुस रिसवल लिएको देखिन आई निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुर भएको सप्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.४,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै सेवाग्राहीले निज पुष्कर श्रेष्ठलाई घुस दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(३) बमोजिमको कसुर गरेको देखिए तापनि उक्त भ्रष्टाचारजन्य कसुरमा निजले तत्कालै कानुनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, दोलखामा उजुरी निवेदन दिई अनुसन्धानमा सहयोग गरेको आधार र कारणबाट भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम निजलाई हुने सजायमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरी आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22