महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२६ गते
------------------------------------------- 
महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार उपर आरोप-पत्र दायर गरिएको  ।
---------------------
 
महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार विरूद्ध विशेष अदालत काठमाडौमा आरोप-पत्र दायर गरिएको छ ।
निजहरूले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीसँग रू.१८,०००।–(अठार हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निजहरू प्रहरी नायव निरीक्षक रमेश बहादुर पाण्डेले प्रहरी नायव निरीक्षक राजु स्वर्णकार समेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा अनुसन्धानको सिलसिलामा थुनामा रहेका व्यक्तिलाई छिटो थुनामुक्त गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरी लिई निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजहरू प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारलाई बिगो रू.१८,०००।–(अठार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24