सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२३ गते ।
--------------------------------------------  
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।
-----------------------------------------------
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. मा लक्षित वर्गको कार्यक्रम अन्तर्गत बालबालिकाको कार्यक्रमको लागि छुट्याईएको रकम रू.१,०३,०००।- हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ)  बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा नीज प्रतिवादी उपर बिगो रु.३३,८६०।- (अक्षेरुपी तेत्तिस हजार आठ सय साठी रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो असुल उपर हुन माग दावी लिइएको । त्यस्तै बाल सरक्षण तथा सम्बर्द्धन उप-समितिका संयोजक खगेन्द्र बस्याल सार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सोही कसुर गरेको पुष्टि भएको हुँदा नीज प्रतिवादी खगेन्द्र बस्याल सार्की उपर बिगो रु.३३,८६०।- (अक्षेरुपी तेत्तिस हजार आठ सय साठी रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग दावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24