सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२३ गते ।
--------------------------------------------
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।
-----------------------------------------------
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. मा लक्षित वर्गको कार्यक्रम अन्तर्गत बालबालिकाको कार्यक्रमको लागि छुट्याईएको रकम रू.१,०३,०००।- हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा साविक काप्रेचौर गा.वि.स. तत्कालीन गा.वि.स.सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा नीज प्रतिवादी उपर बिगो रु.३३,८६०।- (अक्षेरुपी तेत्तिस हजार आठ सय साठी रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो असुल उपर हुन माग दावी लिइएको । त्यस्तै बाल सरक्षण तथा सम्बर्द्धन उप-समितिका संयोजक खगेन्द्र बस्याल सार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सोही कसुर गरेको पुष्टि भएको हुँदा नीज प्रतिवादी खगेन्द्र बस्याल सार्की उपर बिगो रु.३३,८६०।- (अक्षेरुपी तेत्तिस हजार आठ सय साठी रुपैया) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग दावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet