साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसमेत ११ जना उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२३ गते ।
--------------------------------------------  
साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलसमेत ११ जना उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------------
सल्यान जिल्ला, साविक काप्रेचौर गा.वि.स. वडा नं. ७ घुइयावारीस्थित श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयको भवन निर्माणका लागि गठित उपभोक्ता समितिले जिल्ला विकास समितिको कार्यालय, सल्यानबाट र काप्रेचौर गा.वि.स.बाट प्राप्त रकम भवन निर्माण नगरी हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल, लेखा अधिकृत राम कुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब-इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी., काप्रेचौर गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), तथा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क. लगायतका सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल र लेखा अधिकृत राम कुमार पौड्यालले रु.५,२२,५००।- को झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको र साविक काप्रेचौर गा.वि.स. का तत्कालीन सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले रु.४,००,०००।- को झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको हुँदा साविक जिल्ला विकास समितिको कार्यालय, सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल र लेखा अधिकृत राम कुमार पौड्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले निजहरुलाई जनही रु.४,६४,१६१।२५ को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुन माग दावी लिइएको ।
 इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब-इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.ले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरेकोले भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले सब-इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.लाई जनही रु.८,४७,०००।- को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुन माग दावी लिइएको । इन्जिनियर गज्जुबाबु श्रेष्ठको निधन भइसकेकोले निजको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) बमोजिम बिगो असुल हुन माग दावी लिएको । 
काप्रेचौर गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्रीले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरेकोले भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले निजहरुलाई जनही रु.३,५५,३३८।७५को बिगो कायम गरी सोही ऐनको दफा ८ (१) बमोजिम सजाय हुन माग दावी लिइएको । 
उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क. ले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरीभ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले निजहरुलाई जनही रु.८,४७,०००।- को बिगो कायम गरी सोही ऐनको दफा ८ (४) बमोजिम सजाय हुन माग दावी लिई उपरोक्त  ११ जना प्रतिवादीहरुलाई आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24