श्री माध्यमिक विद्यालय, शुद्धोधन गाउँपालिका, कपिलवस्तुमा कार्यरत प्रा.वि. शिक्षक सुशीलादेवी गौतम उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति:-मिति २०७६।०४।२३ गते  ।
---------------------------------------------
श्री माध्यमिक विद्यालय, शुद्धोधन गाउँपालिका, कपिलवस्तुमा कार्यरत प्रा.वि. शिक्षक सुशीलादेवी गौतम उपर आरोप-पत्र दायर गरिएको ।
------------------------ 
श्री माध्यमिक विद्यालय, शुद्धोधन गाउँपालिका वडा नं.-२, ठूलोनन्दनगर, कपिलवस्तुमा कार्यरत प्रा.वि. शिक्षक सुशीलादेवी गौतम विरूद्ध विशेष आदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
 
निज सुशीलादेवी गौतमले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकोले छानविन गरी पाउँ भन्ने समेत व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा निज सुशीलादेवी गौतमले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको किशन इन्टर कलेज उष्का बजार, सिद्धार्थनगर भारतबाट प्राप्त हाइस्कूल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा बहाल रही लाभ समेत लिएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुनआएकोले निज सुशिलादेवी गौतम उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९को दफा १६(१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24