डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:-मिति २०७६।०४।२३ गते  ।
---------------------------------------------
डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा उपर आरोप-पत्र दायर गरिएको । 
--------------------------
डिभिजन वन कार्यालय, कर्णाली प्रदेश, सुर्खेतका कार्यालय प्रमुख (उप-सचिव प्राविधिक) भक्त बहादुर लामा विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।निज लामालाई काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत मागेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय, सुर्खेतले रू. ४ लाख सहित पक्राउ गरेको थियो ।सोही कोठाभित्रको स्टिलको दराज भित्र रू.पाँच लाख पचास हजार थप नगद समेत फेला पारेको थियो ।
अनुसन्धानको क्रममा भेटिएका आधार प्रमाण र कारणहरूबाट आरोपित डिभिजन वन अधिकृत भक्त बहादुर लामाले सुर्खेतदेखि बाँके जिल्लासम्म काठ लैजानको लागि लिएको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि रू.४ लाख घुस/रिसवत लिएको पुष्टि हुन आएको छ ।आरोपित लामाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज लामालाई बिगो रू.४ लाख मात्र कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिइ विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
साथै आरोपित भक्त बहादुर लामाको निवास कोठाबाट बरामद भएको अतिरिक्त रकम रू.५ लाख पचास हजारको हकमा सम्पत्तिसम्बन्धी छुट्टै अनुसन्धान गर्न आयोगले निर्णय गरेको छ ।
 
प्रदीपकुमार कोइराला
प्रवक्ता

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24