नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्य उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०४।२२ गते 
------------------------------------------
नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्य उपर आरोप-पत्र दायर गरिएको ।
--------------------------------------------------------------------------------------------------
नापी कार्यालय,चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरेबापत रू.२०,०००।–(बीस हजार) घुस रकम माग गरी लिई जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा फिर्ता गरी निज कर्मचारीलाई निलम्बन गरी भ्रष्टाचारको कसुरमा कारवाहीका लागि आयोगमा मिसिल फाइल सहित प्राप्त उजुरी निवेदनको  सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीबाट जग्गा कित्ताकाट गरेबापत रू.२०,०००।– ( बीस हजार) घुस रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज प्रतिवादीलाई विगो रू.२०,०००।– (बीस हजार) कायम गरि सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाका साथै सोही दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजायको समेत मागदाबी लिईएको छ ।

साथै सेवाग्राहीले राष्ट्रसेवक सर्भेक्षक राकेश कर्माचार्यलाई रू.२०,०००।– (बीस हजार) घुस रिसवत दिन जाँदाका बखत केही सरोकारवाला प्रतिनिधि समेत लिई घुस रिसवत लिने कर्मचारीलाई पक्राउ गर्न मद्दत गरेको  साथै यथार्थ कुरा बताई अनुसन्धानमा सहयोग गरेको देखिएको हुँदा निज विष्णुप्रसाद पौडेल उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा  १ को उपदफा ३ बमोजिमको कसुरमा सजायको मागदाबी लिन न्यायोचित नदेखिंदा हाललाई निज विष्णुप्रसाद पौडेललाई  प्रस्तुत मुद्दामा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम निजलाई हुने सजायमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरी आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24