प्रहरी चौकी वगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापा उपर आरोप-पत्र दायर गरिएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२१ गते ।
-------------------------------------------
प्रहरी चौकी वगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापा उपर आरोप-पत्र दायर गरिएको ।
------------------------------------------------------------------------------------------------------------------------------

प्रहरी चौकी वगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवेयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस रिसवत माग गरी पटक पटक दु:ख हैरानी दिई व्यवसायमा कठिनाई पुर्‌याएको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापालाई सेवाग्राहीसँग रू.३,५००।–(तीन हजार पाँच सय) घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले व्यवसायमा सहज गराईदिन्छु भनि सेवाग्राहीसँग घुस रिसवत माग गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि हुन आएकोले निज प्रेम बहादुर थापालाई बिगो रू. ३,५००।–(तिन हजार पाँच सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26