सिंचाइ विकास डिभिजन कार्यालय, गौर, रौतहटका तत्कालीन डिभिजन प्रमुख अजित श्रीवास्तवसमेत ४ जना उपर आरोप-पत्र दायर गरीएको


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२१ गते ।
--------------------------------------------  
सिंचाइ विकास डिभिजन कार्यालय, गौर, रौतहटका तत्कालीन डिभिजन प्रमुख अजित श्रीवास्तवसमेत ४ जना उपर आरोप-पत्र दायर गरीएको ।
------------------------------------------------------------------------------------------------------------------------------------------------------------
सिंचाइ विकास डिभिजन कार्यालय, गौर, रौतहटका डिभिजन प्रमुख अजित श्रीवास्तवले आ.व २०७४/०७५ मा बाढीपीडित कार्यक्रम अन्तर्गत १६ वटा योजनाहरूमा कुनै पनि प्रकारको कामै नगरी फर्जी बिल बनाई करोडौँको भ्रष्टाचार गरेको हुँदा कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सिंचाई विकास डिभिजन गौर, रौतहटका तत्कालीन डिभिजन प्रमुख अजित कुमार श्रीवास्तव, तत्कालीन इन्जिनियर नविन कुमार यादव, तत्कालीन सवइन्जिनियर संजय साह र उपभोक्ता समितिका अध्यक्ष कलाम अक्तरसमेतको मिलेमतोमा नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याई आफूहरूलाई गैरकानूनी लाभ पुर्याउनका लागि निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको कामको परिमाणको नापी चढाई झुट्टा बिल तयार गरी पेश गरी, पेश भएको झुठा बिल स्वीकृत गरेको र रु.३,७२,०५१।३२ को बढी रकम भुक्तानी गरी गराई निजहरू तत्कालीन डिभिजन प्रमुख अजित कुमार श्रीवास्तव, तत्कालीन इन्जिनियर नविन कुमार यादव, तत्कालीन सवइन्जिनियर संजय साहले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजहरूलाई जनही विगो रु.३,७२,०५१।३२ कायम गरी विगो बमोजिमको जरिवाना र सो विगो असुलउपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिम सजाय हुन मागदावी लिइएको ।
साथै गुजरा खोला सिंचाई आयोजना जलउपभोक्ता समितिका अध्यक्ष कलाम अक्तरले सिंचाई विकास डिभिजन कार्यालय  गौर, रौतहटका तत्कालीन डिभिजन प्रमुख अजित कुमार श्रीवास्तव, तत्कालीन इन्जिनियर नविन कुमार यादव, तत्कालीन सवइन्जिनियर संजय साहसमेतको मिलेमतोमा नेपाल सरकारसमक्ष गरेको कवुलियत तथा सम्झौता बमोजिमको शर्त पालना नगरी नेपाल सरकारलाई गैरकानूनी हानी पुर्या ई आफूहरूलाई व्यक्तिगत रूपमा गैरकानूनी लाभ पुर्यााउनका लागि निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईटमा नगरे नगराएको कामको परिमाणको नापी गराई, झुट्टा बिल तयार गरी पेश गरी रु.३,७२,०५१।३२ को बढी रकम भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज कलाम अक्तरलाई रु.३,७२,०५१।३२ विगो कायम गरी विगो बमोजिमको जरिवाना गरी बिगोसमेत जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा उल्लेख भएबमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22