जिल्ला बन कार्यालय रूकुमका स.व.अ.विनोद प्रसाद कानु समेत ४ जना उपर आरोप-पत्र दायर गरीएको ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२१ गते ।
--------------------------------------------  
जिल्ला बन कार्यालय रूकुमका स.व.अ.विनोद प्रसाद कानु समेत ४ जना उपर आरोप-पत्र दायर गरीएको ।
--------------------------------------------------------------------------------------------------------------------
जिल्ला बन कार्यालय रूकुमका स.व.अ. विनोद प्रसाद कानुले नक्कली इजाजतपत्र तयार गरी जिल्ला भित्रका जडिबुटीहरूको चोरी निकासी गराई आफ्नो पदको दुरुपयोग गरेको र ठूलो मात्रमा राज्यलाई प्राप्त हुने राजस्व चुहावट गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला वन कार्यालय, रुकुमका स.व.अ. विनोद प्रसाद कानुले कार्यालयमा जिल्ला वन अधिकृत नभएको मौका पारी आवादीको जग्गाबाट जडिबुटी संकलन गरेको भनेता पनि कुनै प्रमाण संलग्न नराखी जडिबुटी संकलन इजाजतलगायत कुनै पनि प्रक्रिया पूरा नभएको अवस्थामा कार्यालयबाट चलानी नभएका नक्कली चलानी नम्बरहरू राखी कुनै राजस्व दस्तुर सरकारी कोषमा दाखिला नगरी गलत ढंगले जडीबुटी निकासी इजाजतपत्र तयार गरी जडिबुटी निकासी गरी गराई बिगो रू.६,१४,७३०।– (छ लाख चौध हजार सात सय तीस) बराबरको सार्वजनिक सम्पत्ति (जडिबुटी) हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको स-प्रमाण पुष्टि हुन आएको देखिई निज स.व.अ. विनोद प्रसाद कानुले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गरेको र दफा १७ बमोजिम सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिंदा निजलाई बिगो रू. ६,१४,७३०।–( छ लाख चौध हजार सात सय तीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ.ऐनको दफा १७ अनुसार सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन र भ्रष्टाचार गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो निज प्रतिबादीबाट भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिईएको ।
साथै दुर्गादिप इन्टरप्राइजेज, काठमाडौंका प्रो.दुर्ग बहादुर खड्का, दिपक जडिबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रो. मान बहादुर वली र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रो.लाल बहादुर वलीले जडिबुटी संकलनको इजाजत नलिइ नक्कली चलानीको आधारमा कानूनबमोजिम राजस्व दस्तुरसमेत नतिरी आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानी पुर्‌याउने बदनियतले काम गरेको पुष्टि हुन आइ भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा ४ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजहरूको फर्मबाट निकासी भएको बिगो बमोजिम दुर्गादिप इन्टरप्राइजेज, काठमाडौंका प्रो. दुर्ग बहादुर खड्कालाई रू.१,६८,६४०।(एक लाख अठसठ्टी हजार छ सय चालीस), दिपक जडिबुटी सप्लायर्स एण्ड ट्रेडर्स सुर्खेतका प्रो. मान बहादुर वलीलाई रू.१,१८,०४०।–(एक लाख अठार हजार चालीस) र नेपाल हर्वल प्रोसेसिङ प्लान्ट, बाँकेका प्रो.लाल बहादुर वलीलाई रू.३०,०००।–(तिस हजार) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी निजहरूबाट उल्लेखित बिगो असुल गरी जफत हुन समेत मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  । 

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24