बारा जिल्ला पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतरा उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको । 
----------------------------------------------------

बारा जिल्ला पचरौता नगरपालिकाका इन्जिनियर राम प्रकाश सतराले पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्‍न भए पश्‍चात नियमानुसार भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्‍न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्‍ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले निज इन्जिनियर राम प्रकाश सतरालाई सेवाग्राहीसँग रू.१५,०००।–(पन्ध्र हजार) घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज इन्जिनियर राम प्रकाश सतराले पचरौता नगरपालिकास्थित विद्यालयको कम्पाउण्ड वाल निर्माण सम्पन्‍न भइ रकम भुक्तानिको लागि संकलन भएका कागजातमा सही गर्न आलटाल गरी, विभिन्‍न बरबहाना बनाई, सेवाग्राहीलाई अप्ठेरोमा पारी आफूले गर्नुपर्ने कार्य नगरी भ्रष्‍टाचार गर्ने गलत मनसायले घुस/रिसवत बापत रु.१५,०००।– (पन्ध्र हजार ) माग गरी लिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्‍टि हुन आएकोले निज इन्जिनियर राम प्रकाश सतरालाई विगो रू.१५,०००।–(पन्ध्र हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26