जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई. मोहन बाबु यादव उपर आरोप-पत्र दायर गरिएको।


विषय: आरोप-पत्र दायर गरिएको । 
----------------------------------------------------

जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सि.डि.ई. मोहन बाबु यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सि.डि.ई. मोहन बाबु यादवलाई सेवाग्राहीसँग रू. १,८०,०००।–(अक्षरुपी एक लाख असी हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज डिभिजन प्रमुख सि.डि.ई. मोहन बाबु यादवले छाँगे खोला सिंचाई योजना जल उपभोक्ता समितिको नियमानुसार भएको काममा समेत प्रतिशतमा रकमको वार्गेनिङ्ग गरी आफ्नो जिम्मेवारी, ओहोदा र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस रिसवत दिन बाध्य पारी सो बापत रू.१,८०,०००।-(एक लाख असी हजार) घुस/रिसवत लिइ भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध गरेको देखिंदा निज सि.डि.ई. मोहन बाबु यादवलाई विगो रू. १,८०,०००।– (अक्षरुपी एक लाख असी हजार ) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24