एम.के./वाई.पी.जे.भी. का प्रतिनिधि देवजंग शाही उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको । 
--------------------------------------------------

साविक जिल्ला प्राविधिक कार्यालय, भोजपुरका तत्कालीन सि.डि.ई. लालु गिरीले घुस/रिसवत लिई भ्रष्‍टाचार गरेको कसुरमा मिति २०७५।११।२३ गते विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदावीमा पूर्ण छुट दिई वादी पक्षका साक्षीका रूपमा पेश गरिएका उजुरी निवेदक देवजंग शाहीले बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको कागज व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल बकपत्र गरेको भन्‍ने भ्रष्‍टाचार (घुस/रिसवत) लेनदेन गरेको मुद्दामा अनुसन्धान हुँदा एम.के./वाई.पी.जे.भी. का प्रतिनिधि देवजंग शाहीले भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्‍नति योजनाको भुक्तानिका लागि जिल्ला प्राविधिक कार्यालय, भोजपुरका तत्कालीन जिल्ला इन्जिनियर लालु गिरीले उपलब्ध गराएको बैङ्क खातामार्फत तथा नगदै गरी जम्मा रू.१८,५०,०००।–(अठार लाख पचास हजार) रिसवत दिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) द्वारा परिभाषित कसुर अपराध गरेको पुष्‍टि भएको हुँदा निज देवजंग शाहीलाई बिगो रू.१८,५०,०००।-(अक्षरूपी अठार लाख पचास हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22