बारा जिल्ला पचरौता नगरपालिकाका करार सेवामा कार्यरत नायव सुब्बा बद्रीबहादुर थापा उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको ।
-----------------------------------------------------

बारा जिल्ला पचरौता नगरपालिकाका नायव सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तीकरणसम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्‍न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरेको भन्‍ने सूचना एवम् उजुरीको आधारमा निज नायव सुब्बा बद्रीबहादुर थापालाई सेवाग्राहीसँग घुस/रिसवत लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज करार सेवामा कार्यरत नायव सुब्बा बद्रीबहादुर थापाले महिला विकास सशक्तीकरणको लागि निकासा भएको रकम भुक्तानी दिने प्रकृयाबापत भनी सेवाग्राहीसँग रू.१४,०००।–(चौध हजार) घुस लिएको पुष्‍टि हुन आएकोले निजको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निज नायव सुब्बा बद्रीबहादुर थापालाई विगो रू.१४,०००।–(चौध हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26