बारा जिल्ला पचरौता नगरपालिकाका करार सेवामा कार्यरत नायव सुब्बा बद्रीबहादुर थापा उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको ।
-----------------------------------------------------

बारा जिल्ला पचरौता नगरपालिकाका नायव सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तीकरणसम्बन्धी अनुशिक्षण तालिम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा सो नगरी विभिन्‍न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरेको भन्‍ने सूचना एवम् उजुरीको आधारमा निज नायव सुब्बा बद्रीबहादुर थापालाई सेवाग्राहीसँग घुस/रिसवत लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज करार सेवामा कार्यरत नायव सुब्बा बद्रीबहादुर थापाले महिला विकास सशक्तीकरणको लागि निकासा भएको रकम भुक्तानी दिने प्रकृयाबापत भनी सेवाग्राहीसँग रू.१४,०००।–(चौध हजार) घुस लिएको पुष्‍टि हुन आएकोले निजको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निज नायव सुब्बा बद्रीबहादुर थापालाई विगो रू.१४,०००।–(चौध हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24