नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्ट उपर आरोप-पत्र दायर गरिएको ।
विषय: आरोप-पत्र दायर गरिएको ।
------------------------------------------------
नेपाल विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्टले घरमा नयाँ मिटर जडान गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज फोरमेन अविलाल विष्टलाई घुस/रिसवत बापतको रकम रू.५,०००/-(पाच हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज फोरमेन अबिलाल बिष्टले बिजुलीको नयाँ मिटर छिटो जडान गरी दिने प्रयोजनको लागि सेवाग्राहीसँग रू.५,०००।–(पाँच हजार ) घुस/रिसवत माग गरी लिई भ्रष्टाचार गरेको तथ्य प्रमाणित हुन आएकोले निज अबिलाल बिष्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रू.५,०००/- (पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
DownloadTweet