शिक्षा समन्वय इकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दिपेन्द्र कुमार देवसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको


विषय: आरोप-पत्र दायर गरिएको । 
--------------------------------------------

 

शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्‍न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजहरू सव इन्जिनियर धनविर भगत र तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले सेवाग्राहीलाई घुसबापतको रू.१,५०,०००।–(एक लाख पचास हजार) राष्‍ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाई उक्त रकम जम्मा गरेको भौचर लिइसकेको अवस्थामा निजहरूलाई उक्त भौचर सहित नियन्त्रणमा लिई अनुसन्धान हुँदा काभ्रेपलाञ्‍चोक जिल्लामा निर्माण/मर्मत कार्य भई बेरुजु फछर्यौट हुन नसकेका विद्यालयहरूको स्तलगत अनुगमन समेतको कार्य गरी बेरुजु फछर्यौट गर्ने सिलसिलामा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीद्वारा खटाई पठाईएका इन्जिनियर दिपेन्द्र कुमार देवले आफ्ना लागि सहज रूपमा घुस रकम संकलन गराउन सकियोस र सो कसुरमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस भन्‍ने उद्देश्यले धनविर भगतलाई उक्त काममा पठाएको र निज धनविर भगतले विद्यालयको मर्मतसम्बन्धी कार्य फरफारक गर्ने/गराउने सिलसिलामा सेवाग्राहीबाट घुस रकम माग्ने तथा बैङ्क खातामा जम्मा गर्न लगाउने सम्बन्धमा निज निरज कुमार चौधरीलाई अह्राइसिकाई अग्रसर गराई घुस माग गर्न लगाई सेवाग्राहीलाई घुसबापतको रू.१,५०,०००।–(एक लाख पचास हजार) राष्‍ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाएको देखिन आई आरोपित मध्येका निज इन्जिनियर दिपेन्द्र कुमार देवको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्‍टि भएकोले निजलाई बिगो रू.१,५०,०००।–(एक लाख पचास हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको ।
सवइन्जिनियर भनिएका धनविर भगतले इन्जिनियर दिपेन्द्र कुमार देवको भनाइ मानि र निरज कुमार चौधरीले धनविर भगतको भनाइ मानी सेवाग्राहीबाट घुस मागी लिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको सप्रमाण पुष्‍टि भएकोले निज धनविर भगत र निरज कुमार चौधरीलाई बिगो रू.१,५०,०००।–(एक लाख पचास हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र निज धनविर भगतले आफू सरकारी/सार्वजनिक पदमा नरहेको अवस्थामा पनि विद्यालयको कार्य सम्पन्‍न प्रतिवेदन तथा विद्यालयको रोक्‍का रकम फुकुवा सम्बन्धी पत्रमा सार्वजनिक पद धारण गरेको कर्मचारी सरह दस्तखत प्रमाणित गरी आफूले नपाएको अधिकार प्रयोग गरेको देखिंदा निज घनविर भगतको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको पुष्‍टि भएकोले निजउपर ऐ.ऐनको दफा १५ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24