शिक्षा समन्वय इकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दिपेन्द्र कुमार देवसमेत ३ जना उपर आरोप-पत्र दायर गरिएको


विषय: आरोप-पत्र दायर गरिएको । 
--------------------------------------------

 

शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्‍न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजहरू सव इन्जिनियर धनविर भगत र तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीले सेवाग्राहीलाई घुसबापतको रू.१,५०,०००।–(एक लाख पचास हजार) राष्‍ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाई उक्त रकम जम्मा गरेको भौचर लिइसकेको अवस्थामा निजहरूलाई उक्त भौचर सहित नियन्त्रणमा लिई अनुसन्धान हुँदा काभ्रेपलाञ्‍चोक जिल्लामा निर्माण/मर्मत कार्य भई बेरुजु फछर्यौट हुन नसकेका विद्यालयहरूको स्तलगत अनुगमन समेतको कार्य गरी बेरुजु फछर्यौट गर्ने सिलसिलामा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीद्वारा खटाई पठाईएका इन्जिनियर दिपेन्द्र कुमार देवले आफ्ना लागि सहज रूपमा घुस रकम संकलन गराउन सकियोस र सो कसुरमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस भन्‍ने उद्देश्यले धनविर भगतलाई उक्त काममा पठाएको र निज धनविर भगतले विद्यालयको मर्मतसम्बन्धी कार्य फरफारक गर्ने/गराउने सिलसिलामा सेवाग्राहीबाट घुस रकम माग्ने तथा बैङ्क खातामा जम्मा गर्न लगाउने सम्बन्धमा निज निरज कुमार चौधरीलाई अह्राइसिकाई अग्रसर गराई घुस माग गर्न लगाई सेवाग्राहीलाई घुसबापतको रू.१,५०,०००।–(एक लाख पचास हजार) राष्‍ट्रिय वाणिज्य बैङ्क बनेपामा जम्मा गर्न लगाएको देखिन आई आरोपित मध्येका निज इन्जिनियर दिपेन्द्र कुमार देवको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्‍टि भएकोले निजलाई बिगो रू.१,५०,०००।–(एक लाख पचास हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको ।
सवइन्जिनियर भनिएका धनविर भगतले इन्जिनियर दिपेन्द्र कुमार देवको भनाइ मानि र निरज कुमार चौधरीले धनविर भगतको भनाइ मानी सेवाग्राहीबाट घुस मागी लिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेको सप्रमाण पुष्‍टि भएकोले निज धनविर भगत र निरज कुमार चौधरीलाई बिगो रू.१,५०,०००।–(एक लाख पचास हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र निज धनविर भगतले आफू सरकारी/सार्वजनिक पदमा नरहेको अवस्थामा पनि विद्यालयको कार्य सम्पन्‍न प्रतिवेदन तथा विद्यालयको रोक्‍का रकम फुकुवा सम्बन्धी पत्रमा सार्वजनिक पद धारण गरेको कर्मचारी सरह दस्तखत प्रमाणित गरी आफूले नपाएको अधिकार प्रयोग गरेको देखिंदा निज घनविर भगतको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको पुष्‍टि भएकोले निजउपर ऐ.ऐनको दफा १५ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22