काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागका नायव सुब्बा (पाँचौं तह) कृष्ण प्रसाद सोती उपर आरोप-पत्र दायर गरिएको ।


विषय: आरोप-पत्र दायर गरिएको । 
-------------------------------------------------
काठमाडौं महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कार्यान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा (पाँचौं तह) कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग रू.१,०७,०००।– (अक्षरुपी एक लाख सात हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज नायव सुब्बा कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत खर्च गर्ने गरी विनियोजन भएको रकम मध्ये बिल भरपाई सहित भुक्तानीको लागि पेश गरेको रकमको भ्याट बाहेकको रकमको पाँच प्रतिशत कमिशन बापत रू.१,०७,०००।– (अक्षरुपी एक लाख सात हजार ) घुस/रिसवत माग गरी लिई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्‍टि भएकोले निज नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई बिगो रू.१,०७,०००।– (अक्षरुपी एक लाख सात हजार) कायम गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24