बारा जिल्ला प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, प्रसौनी, बाराका योजना शाखाका खरिदार बिनोद प्रसाद यादव समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।


बारा जिल्ला प्रसौनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, प्रसौनी, बाराका योजना शाखाका खरिदार बिनोद प्रसाद यादब र बारा जिल्ला प्रसौनी गाउँपालिका बस्ने वृज किशोर साहले ऐ.वडा नं.६ को नाला निर्माण कार्य वापतको बिल बमोजिमको रकम सेवाग्राहीलाई भुक्तानी गर्नका लागि प्रकृया अगाडि बढाउन विभिन्‍न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज खरिदार बिनोद प्रसाद यादबले घुस रकम लिन पठाएको व्यक्ति आसपुरन कुशवाहालाई सेवाग्राहीसँग रु.१५,०००।– (अक्षरुपी पन्ध्र हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज खरिदार विनोद प्रसाद यादवले नाला निर्माणको कार्य सम्पन्‍न गरी सोको भुक्तानी रकम माग गर्दा सेवाग्राहीसँग रू.१५,०००।–(पन्ध्र हजार) माग गरी आशपुरन कुशवाहालाई लिन पठाई भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुर गरेको सप्रमाण पुष्‍टि भएकोले निज विनोद प्रसाद यादवलाई बिगो रू.१५,०००।–(पन्ध्र हजार ) कायम गरी भ्रष्‍टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिइएको ।
साथै निज वृज किशोर साहले सेवाग्राहीलाई पटक पटक सम्पर्क गरी उक्त योजना रकमको रू.७०,०००।–(सत्तरी हजार) को चेक दिए मात्र रकम भुक्तानी हुने भनि घुस/रिसवत माग गरेको तथ्य खुल्न आएबाट उक्त घुस रिसवत माग गर्ने कार्यमा निज वृज किशोर साह समेतको संलग्नता र मिलेमतो रहेको देखिएबाट वृज किशोर साहले भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर गर्ने उद्योग गरेको हुँदा सोही ऐनको दफा २१ र दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) मा उल्लेखित सजायको आधा सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24