शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारीसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।१० गते।
------------------------------------------
तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगि ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा  शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्‍याउने र सरकारी रकम हानिनोक्सानी पुर्‍याउने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेलसमेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई शुक्लागण्डकी नगरपालिकामा पेश गरी भुक्तानी लिने कार्य गरी भ्रष्टाचारजन्य कसूर गरेको तथ्य प्रमाणित हुन आएकोले देहायबमोजिमका आरोपितहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
 
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
१ तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ्ग र भिम बहादुर गुरुङ्ग शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँ रु.७,६६,७००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
२ तत्कालीन सदस्य गणेश कुमार गुरुङ्ग  ऐ.ऐ. रु.१,१९,४००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
३ तत्कालीन प्रोप्राइटर बिनोद श्रेष्ठ चार्टर कन्स्ट्रक्सन प्रा.लि. मालेपाटन-५ पोखरा, कास्की रु.२,४८,४००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेकोले सोही ऐन २०५९ को दफा २२ बमोजिम सजाय गरी बिगो असुल समेत हुन मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24
जिल्ला कालिकोट, तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष धिर बहादुर बमसमेत १२ जना उपर गैरकानुनी लाभ वा हानी तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/23