शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारीसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०५।१० गते।
------------------------------------------
तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्रा.वि. माथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगि ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाई उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा  शुक्लागण्डकी नगरपालिका, तनहुँबाट आ.ब. २०७४/०७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे थप्रेक जोड्ने शहीद लालध्वज मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतोमा आफूहरुलाई गैरकानुनी लाभ पुर्‍याउने र सरकारी रकम हानिनोक्सानी पुर्‍याउने बदनियतले लागत इस्टिमेटमा उल्लेख नै नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेलसमेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामाग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी रु.७,६६,७००।-(सात लाख छैसठ्ठी हजार सात सय रुपैयाँ) बराबरका बिलहरु फर्जी बनाई शुक्लागण्डकी नगरपालिकामा पेश गरी भुक्तानी लिने कार्य गरी भ्रष्टाचारजन्य कसूर गरेको तथ्य प्रमाणित हुन आएकोले देहायबमोजिमका आरोपितहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
 
सि.नं. नामथर कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ्ग र भिम बहादुर गुरुङ्ग शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका-१, तनहुँ रु.७,६६,७००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
तत्कालीन सदस्य गणेश कुमार गुरुङ्ग  ऐ.ऐ. रु.१,१९,४००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोले सोही ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
तत्कालीन प्रोप्राइटर बिनोद श्रेष्ठ चार्टर कन्स्ट्रक्सन प्रा.लि. मालेपाटन-५ पोखरा, कास्की रु.२,४८,४००।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेकोले सोही ऐन २०५९ को दफा २२ बमोजिम सजाय गरी बिगो असुल समेत हुन मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19
मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/18
सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्र बहादुर डाँगीसमेत ५ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/13
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/12