भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलबस्तुका मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजसहित ६ जनाउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।२४ गते ।
---------------------------------------------------
 
जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा नं. ११ स्थित नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका नाममा दुर्गा प्रसाद खनालले बाख्रापालन कार्यक्रमको लागि सरकारी अनुदान रकमको कुनै काम नै नगरी भुक्तानी दिए/लिएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष दुर्गा प्रसाद खनाल, उक्त समूहका सचिव उमेश चौधरीसमेत र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, कपिलबस्तुबाट अनुगमका लागि खटिगएका पशु चिकित्सक डा. रुप नारायण श्रेष्ठ, पशु विकास अधिकृत डा. सोहन गुप्ता र सुरेन्द्र प्रसाद भुज तथा ई. बिबेक कुमार गुप्ताले एक आपसमा मिलेमतो गरी हुँदै नभएको कुराको स्थलगत रुपमा निरीक्षण तथा नापजाँच गरेको भनी गलत एवं झुठ्ठा कार्य सम्पन्न मूल्याङ्कन फाराम लगायतका कागजातहरु बनाई नेपाल सरकारबाट नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूह, कपिलबस्तुलाई बाख्रापालन कार्यक्रमको लागि प्राप्त भएको अनुदान रकम रु. ६,००,०००।– (छ लाख) को कुनै काम नगरी भुक्तानी लिई दिई सरकारी रकम हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को भ्रष्टाचारजन्य कार्य गरेको स-प्रमाण पुष्टि हुन आएकोले देहायका आरोपितहरुलाई देहाय बमोजिमको कसुरमा सजायको मागदाबी लिइएको छ ।
 
(क) भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलबस्तुका मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुज, पशु चिकित्सक डा. रुप नारायण श्रेष्ठ र पशु विकास अधिकृत डा. सोहन गुप्ताले नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहबाट खोर निर्माण तथा बाख्रा खरिद कार्यको निरीक्षण तथा जाँचबुझ गरी सो कार्य यथार्थ प्रतिवेदन दिनुपर्ने कर्तब्यवाला कर्मचारी भएकोमा सो बमोजिमको प्रतिवेदन नदिई समूहले बाख्रा खरिद नै नगरेको, खोर निर्माण पनि नगरेको अवस्थामा खोर निर्माण कार्य तथा बाख्रासमेत खरिद गरेकोले अनुदान रकम भुक्तानी दिन उपयुक्त देखिन्छ भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको र सो प्रतिवेदनको आधारमा हुदै नभएको कामको लागि रु. ६,००,०००।– भुक्तानी भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएकोले निजहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) र दफा १७ बमोजिमको कसुर भएकोले निजहरु सुरेन्द्र प्रसाद भुज, डा. रुप नारायण श्रेष्ठ र डा. सोहन गुप्तालाई नेपाल सरकारको हानिनोक्सानी भएको रु. ६,००,०००।– बिगो कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) र सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानिनोक्सानी भएको बिगो रु. ६,००,०००।– सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिइएको छ।
 
(ख) नव प्रगतिशील बहुउद्देश्यीय कृषक समहुका अध्यक्ष दुर्गा प्रसाद खनाल र सोही समूहका सचिव उमेश चौधरीले समूहको बैठकको गलत निर्णय तयार गरी खोर निर्माण गरी बाख्रासमेत पालन गरेको भनी झुठ्ठा विवरण र बिल भरपाईहरु बनाई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पेश गरी, निजहरु दुई जनाको मात्र हस्ताक्षर चल्ने सयुक्त बैंक खातामा रु. ६,००,०००।– रकम भुक्तानी लिई सरकारी अनुदान रकम हिनामिना गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य निज दुर्गा प्रसाद खनाल र उमेश चौधरीले गरेकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भए गरेको निर्विवाद रुपमा पुष्टि भएकोले हानिनोक्सानी गरेको बिगो रु. ६,००,०००।– कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।
 
(ग) हरि ओम इन्जिनियरिङ कन्सल्टेन्सिका ई. बिबेक कुमार गुप्ताले कार्य सम्पन्न मूल्याङ्कन फाराम, खर्चको तेरिज र भुक्तानी दिने बिलहरु लगायतका कागजातहरु समूहका अध्यक्ष दुर्गा प्रसाद खनालसँगको मिलेमतोमा स्थलगत रुपमा निरीक्षण तथा नापजाँच एवं निर्माण सम्पन्न भए गरेको छ छैन समेत नहेरी दुर्गा प्रसाद खनालबाट आर्थिक लाभ रु. १०,०००।– (दश हजार) लिएर आफ्नै कन्सल्टेन्सिमा बसी गलत प्रकारको लिखत तयार गरिदिई निज ई. बिबेक गुप्ताले सरकारी अनुदान रकम लिनखान सघाउ पुर्‍याई निजले दुर्गा प्रसाद खनाल र उमेश चौधरीलाई सघाई मतियारको भूमिका निर्वाह गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुरको मतियार हुने कसुर गरेकोले सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिईआज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/28
जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/27
बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासमेत ४ जना र Dev International Pvt. Ltd. उपर राजस्व चुहावट, सरकारी कागजात नोक्सान एवं गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/26
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/25
सामाजिक विकास इकाई कार्यालय, राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजक उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/22
काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/21
जिल्ला सर्लाही, हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुका देवी काफ्ले, निमित्त प्रमुख प्रशासकिय अधिकृत नइन्द्र कुमार पौडेल, वडाध्यक्षसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18
ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/03/18