गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।२५ गते।
------------------------------------------

गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेलले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा निज झलक शर्मा पौडेल शुरू नियुक्ति भएको मिति २०५४।१०।०८ गतेदेखि मिति २०८०।०८।१० गतेसम्मको जाँच अवधिमा निजले प्राप्त गरेको पारिश्रमिक/तलब बचत वापतको रकम, दैनिक भ्रमण भत्ता बचत वापतको रकम, प्रोत्साहन भत्ता बचत वापतको रकम, बैठक भत्ता बचत वापतको रकम, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटी रकम, कृषि आय वापतको रकम, जग्गा बिक्रीबाट प्राप्त कुल आय रकम, मुद्दती बचत कर्जा वापतको रकम, बिभिन्न कम्पनीहरूको शेयर बिक्रिबाट प्राप्त रकम र बिभिन्न व्यक्तिहरूलाई दिएको ऋण/सापटी फिर्ता पाएको रकमसमेत गरी निज झलक शर्मा पौडेल र निजका एकाघर परिवारका सदस्यहरूले जाँच अवधिमा कुल रू.३,३९,८७,४९०।६५(तीन करोड उनन्चालीस लाख सतासी हजार चारसय नब्वे रूपैंया पैसठ्ठी पैसा) आय आर्जन गरेको देखिएको।
सोही जाँच अवधिमा निजको व्ययतर्फ घरजग्गा खरिद/रजिष्ट्रेशन दस्तुरसमेतको रकम, घर निर्माण खर्च रकम, निज तथा निजको परिवारको नाममा रहेको विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारीमा रहेको बैंक खाताबाट विभिन्न व्यक्तिहरूलाई दिएको ऋण सापटी रकम, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटीको साँवा व्याज भुक्तानी रकम, विभिन्न कम्पनीहरूको शेयर खरिदमा भएको लगानी रकम, शैक्षिक खर्च रकम, सवारी साधन खरिद तथा नवीकरण खर्च रकम, सुन लगायत बहुमूल्य धातुका गरगहना खरिद रकम, विभिन्न व्यक्तिहरूलाई दिएको रकम, स्वदेशका विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरूमा रहेका खातामा भएको मुद्दती मौज्दात रकम र बचत खातामा भएको बैंक मौज्दात रकमसमेत गरी जाँच अवधिमा कुल रू. ९,६६,८०,६२०।४७ (नौ करोड छैसठ्ठी लाख असी हजार छ सय बीस रूपैया सड्चालीस पैसा) खर्च तथा लगानी गरेको देखिएकोले निजको जाँच अवधिमा रू.६,२६,९३,१२९।८२ (छ करोड छब्बीस लाख त्रियानब्बे हजार एक सय उनान्तीस रूपैया बयासी पैसा) बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको हुँदा निजले आर्जन गरेको सम्पूर्ण सम्पत्ति वैधानिक रुपमा आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिए बमोजिमको कसुरमा बिगो रू.६,२६,९३,१२९।८२ (छ करोड छब्बीस लाख त्रियानब्‍बे हजार एकसय उनान्तीस रूपैया बयासी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवाना हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग. र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवं निजले बार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेकोसमेत पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद जरिवाना हुन मागदावी लिइएको छ।
साथै, निज झलक शर्मा पौडेलले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पत्नी हुमा कुमारी उपाध्यायको नाममा समेत राखेको देखिएको हुँदा उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ऐ. ऐनको दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२), ऐ.ऐनको दफा २० को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज हुमा कुमारी उपाध्यायलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं. २ का वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/04
डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) दान बहादुर श्रेष्ठ उपर बिगो रु.१,४३,१८,९३७।५२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/03
जिल्ला दाङ, गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसमेत २ जना र कन्सट्रक्सन कम्पनी प्रा.लि. उपर नदीजन्य पदार्थ उत्खननमा सम्झौता विपरित बढी संकलन तथा उत्खनन् भएको परिमाणको राजस्व रकम असूल उपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/11/02
जिल्ला दैलेख, डुङ्गेश्वर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत टंक बहादुर कार्की उपर सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/30
जिल्ला डडेल्धुरा, आलिताल गाँउपालिका वडा नं. ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/29
जिल्ला स्याङ्जा, शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत ३ जना उपर बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरे गराएको एवं बिद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर।
2025/10/26
स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना उपर स्वास्थ्य सेवा विभागको Mammography Machine खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/10/19
जिल्ला कैलाली, जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र गाउँपालिका/नेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर।
2025/10/17
जिल्ला महोत्तरी क्षेत्र नं ४ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।
2025/10/16
सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दाससमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/10/15