हँसपुर नगरपालिका, धनुषाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।२३ गते।
------------------------------------------

जिल्ला धनुषा, हँसपुर नगरपालिका वडा नं. ५ स्थित सुगा निकास देखि कट्टी सम्म पी.सी.सी. ढलान योजना टुक्रा टुक्रा पारी रकम भुक्तानी गरी अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा हँसपुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धनुषाले आ.व. २०७६/०७७ को नगरसभाबाट स्वीकृत कार्यक्रम अन्तर्गत सुगा निकास टोलदेखि कट्टी चोकसम्म पी.सी.सी. ढलान कार्य संचालन गर्न रु.१,००,००,०००।–विनियोजन गरेकोमा उक्त नगरपालिकाको प्राविधिकले जम्मा रकम Provisional Sum सहित रु.१,४८,४१,९४७।१४ को लागत अनुमान तयार गरी मूल्य अभिवृद्धि कर सहित रु.९५,२७,७९३।६६ मा कार्य सम्पन्न गर्ने गरी नगरपालिका र निर्माण व्यवसायी देव कन्स्ट्रक्सन जनकपुरधाम बीच मिति २०७८ जेठ मसान्त भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको देखिएको, हँसपुर नगरपालिकाको प्राविधिक सहितको टोलीले प्रथम रनिङ्ग विल बापत मूल्य अभिवृद्धि करसहित रु.४३,४०,८७५।५३ रकम मूल्याङ्कन गरी नापी किताव र अनुगमन समितिको सिफारिसको आधारमा कर कट्टी गरी रु.३९,४१,३६१।- मिति २०७८/०३/३१ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेतले देव कन्स्ट्रक्सनलाई भुक्तानी दिएको देखिएको, स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदन अनुसार रामललितको घर अगाडिको पी.सी.सी. ढलानको लम्बाई २१३ मिटर भनिए पनि स्थलगत नापजाँचमा ४५ मिटर मात्रै रहेको, गाछी देखि पी.सी.सी. ढलानको लम्बाई २६० मिटर भनिए तापनि स्थलगत नापजाँचमा १५४ मिटर मात्रै रहेको देखिएकोले गलत नापी किताव तयार गरी गराई बास्तविक भए गरेको भन्दा रु.७,८१,८१८।०३ बढी भुक्तानी दिई लिई हिनामिना हानिनोक्सानी गरे गराएको देखिएको।
उक्त निर्माण कार्यको लागि निर्माण व्यवसायीले पेश गरेको आधारमा नगर सभाको निर्णय अनुसार मिति २०७८ चैत मसान्तसम्म म्याद थप गरेको, म्याद थपको निर्णय गर्दा सार्वजनिक निकायले थप म्याद र निर्माण कार्यको त्रुटि सच्चाउने दायित्वको अवधिभन्दा कम्तीमा एक महिना बढी अवधिको कार्य सम्पादन जमानत लिई मात्र म्याद थप दिनुपर्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीसमेतले सो नगरेको कारणले बैंक जमानतको सुरक्षण अवधिसमेत समाप्त भई जमानत जफत हुन नसकेको देखिएकोबाट उक्त रु.२८,४०,३५०।–हिनामिना हानिनोक्सानी भएको देखिएको साथै निर्माण व्यवसायीलाई पेश्की वापत रु.१६,५०,०००/- रकम उपलब्ध गराएकोमा उक्त पेश्की वापत लिनुपर्ने बैक जमानत ठेक्काको म्याद थप भएको मिति २०७८ चैत समान्तसम्मको नलिई लिन नलगाई सम्झौता अन्त्य भएको देखिंदा उक्त पेश्की रकम रु.१६,५०,०००।- समेत असुल नभई हिनामिना हानिनोक्सानी भएको देखिएकोले प्रतिवादीहरुले आपसी मिलोमतो योजनामा नेपाल सरकार/सार्वजनिक संस्था/हँसपुर नगरपालिकाको सम्पत्ति रु.५२,७२,१६८।०३  हिनामिना हानिनोक्सानी गरे गराएको हुँदा उक्त कार्यमा संलग्न देहाय वमोजिमका प्रतिवादीहरुउपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/17
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी उपर बिगो रू.१०,५४,९५,८७१/३९ कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/16
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसमेत १८ जना र Mega Minds Architects and Structure Pvt. Ltd. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/15
जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/13
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासमेत ३ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/10
प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसमेत २८ जना र DEXTER TRAVELS AND TOURS PVT.LTD उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/09