जिल्ला मकवानपुर, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।२२ गते।
------------------------------------------
 
 
जिल्ला मकवानपुर, थाहा नगरपालिकाले सेटिङमा बढी मुल्य हालेर अक्सिजन जेनेरेसन प्लान्ट खरिद गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा थाहा नगरपालिकाबाट आ.व. २०७८/७९ मा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको लागि प्रदेश सरकारबाट रु.५५,००,०००।- र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रु.१,००,००,०००।-गरी जम्मा रु.१,५५,००,०००।- बजेट विनियोजन भएकोमा नगरपालिकाबाट Procurement of Oxygen Generation plant (Pro-loc/oxygenplant-15-078/79) खरिद कार्यको लागि थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको संयोजकत्वमा गठित खरिद मूल्याङ्कन समितिले अक्सिजन जेनेरेसन प्लान्टको स्पेशिफिकेशन प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ती केन्द्रका बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीबाट तयार गरी गराई स्वीकृत स्पेशिफिकेशनमा उल्लिखित बुँदा नं. 2.2.2a: Should be self-integrated Desiccant dryer (purifier) technology बमोजिमको अक्सिजन प्लान्टको बोलपत्र खरिदको सूचना प्रकाशित गरी गराई प्राप्त बिड रेस्पोन्स डक्युमेन्ट पेश गर्ने जम्मा ८ वटा फर्महरुमध्ये ६ वटा फर्महरुले Refrigerated Air Dryer Technology र २ वटा फर्महरुले Desiccant Air Dryer Technology प्रस्ताव गरेको अवस्थामा उक्त Desiccant Air Dryer Technology प्रस्ताव गर्ने बोलपत्रदाताको मात्र प्रस्तावलाई उत्तीर्ण गर्नुपर्नेमा प्रतिवादीहरुले बदनियत राखी Refrigerated Air Dryer Technology प्रस्ताव गरेको फर्महरुलाई समेत उत्तीर्ण गरे गराएको, Desiccant Air Dryer Technology प्रस्ताव गर्ने २ वटा फर्महरुलाई छोडेर माग भएको भन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरित झुट्टा कागजातहरु पेश गरी गराई कम गुणस्तर र कम मूल्यको फरक प्रविधिको Refrigerated Air Dryer Technology प्रस्ताव गर्ने फर्म  Subharambha Service Traders Pvt.Ltd. लाई प्राविधिक रुपमा उत्तीर्ण गरे गराएको, सार्वजनिक खरिद ऐन, नियम बमोजिम बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित प्राविधिक स्पेशिफिकेशन र खरिद सम्झौताका शर्त अनुरुप बोलपत्र सारभूत रुपमा प्रभावग्राही भए वा नभएको विषय हेरी बोलपत्र मूल्याङ्कन गर्नुपर्नेमा प्रतिवादीहरुको आपसी मिलेमतो तथा योजनामा बोलपत्र मूल्याङ्कन गर्दा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेशनमा उल्लिखित विशेषता भन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरीत झुट्टा कागजातहरु पेश गरी गराई कम गुणस्तर र कम मूल्यको फरक प्रविधिको Refrigerated Air Dryer Technology उपलव्ध गराउन प्रतिवादीहरुले आपसी मिलेमतोमा बदनियतपूर्वक स्वीकृत स्पेशिफिकेशनमा उल्लेखित बिशेषता भन्दा फरक प्रवृति एवं प्रविधिको सामान उपलब्ध गराउन प्रस्तावक सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. ले पेश गरेको रु.१,१०,०१,१९९।७५ को बोलपत्रलाई प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण गराई सम्झौता गरी सोही बमोजिमको सामाग्री समेत नगरपालिकामा दाखिला भई पेश्की रकम रु.१२,००,०००।– समेत दिइएको देखिएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहायवमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला सुनसरी, तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/13
जिल्ला सर्लाहीस्थित, श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/12
जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराई र इन्जिनियर (छैठौ) डिल्ली राज खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/11
नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/10
नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05
गढवा गाउँपालिका, दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि., बुटवल, रूपन्देही उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/04
सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03