अन्नपूर्ण माध्यमिक विद्यालय डोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा र प्रधानाध्यापक नरदेव रोकायासमेत १४ जना र निर्माण सेवा उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।२२ गते।
------------------------------------------

जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिका र वडा नं. ७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक समेतको मिलेमतोमा अन्नपूर्ण माध्यमिक विद्यालयको Retaining Wall Construction को ठेक्‍का गाउँपालिकाको अध्यक्षको श्रीमती एवं सोही विद्यालयका शिक्षिकाको नाममा रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई बोलपत्र पारी सार्वजनिक खरिद ऐन नियमावली विपरीत कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्ने समेत ब्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा आ.व. २०७९/०८० मा जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिका वडा नं. ७ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको Retaining Wall Construction को ठेक्‍का E-BID मार्फत बोलपत्र आव्हान गरी, बोलपत्र कागजात तयार तथा मूल्याङ्‍कन गर्दा Site Visit लाई थप अनिवार्य शर्त राखी सोही आधारमा बोलपत्रको मूल्याङ्‍कन गरेको, सार्वजनिक खरिद ऐन, नियम तथा शिक्षा ऐन, नियमको मर्म विपरीत सम्बन्धित विद्यालयमै कार्यरत शिक्षिकाको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई छनौट गरेको, बोलपत्र मूल्याङ्‍कन गर्दा न्यून कबोल अंक भ्याट बाहेक रु.४९,८३,३९४।९० कबोल गरेको महातारा निर्माण सेवालाई बिना कारण Site Visit नभएको भन्ने आधार लिई अयोग्य ठहराएको र चौथो नम्बरको कम कबोल अंक भ्याट बाहेक रु.७९,५१,७२९।८५ भएको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवा संचालकलाई आफूखुशी छनौट गरी उक्त निर्माण सेवाले भुक्तानी पाएको रकम रु.७९,४४,०८७।४५ बाट सबैभन्दा न्यून अङ्क बोल कबोल गर्ने महातारा निर्माण सेवाको भ्याट बाहेक रु.४९,८३,३९४।९० घटाउँदा हुन आउने फरक रकम रु.२९,६०,६९२।५५ बराबरको रकम नेपाल सरकार तथा अन्नपूर्ण माध्यमिक विद्यालयलाई हानिनोक्सानी गरेको पुष्टि भएको देखिंदा प्रतिवादीहरुले मिलेमतो गरी विद्यालयको Retaining Wall Construction को ठेक्‍का E-BID मार्फत आव्हान गरी बोलपत्र कागजात तयार तथा मूल्याङ्कन गर्दा Site Visit लाई थप अनिवार्य शर्तको रुपमा राखी सोही आधारमा बोलपत्रको मूल्याङ्‍कन गरेको, ठेक्का दिने बद्‍नियतले बोलपत्रमा तथा प्रकाशित सूचनामा नभएको शर्त पछिबाट थपघट भएको तथ्यको जानकारी हुँदाहुँदै दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई छनौट गरी गरार्इ विभिन्न गलत लिखत तयार गरी प्रतिवादीहरुले सार्वजनिक संस्था अन्नपूर्ण माध्यमिक विद्यालयको रु.२९,६०,६९२।५५ रकम हिनामिना, हानिनोक्सानी गरी दुरुपयोग गरे गराएको हुँदा देहायका प्रतिवादीहरु उपर देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22