प्रतिवादी अमर बहादुर थापासमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८३।०६।१५ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका तत्कालीन आयोजना प्रमुख अमरबहादुर थापा समेतका प्रतिवादीहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ६ बमोजिमको कसुरमा बिगो रू.२,७३,२८५।-(दुई लाख त्रिहत्तर हजार दुई सय पचासी रूपैंयाँ) कायम गरी सोही ऐनको दफा ६ ले निर्देश गरेबमोजम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा ऐ ऐन,२०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना गरी सोही ऐनको दफा ६ बमोजिम बिगो असुल हुन तथा निज अमरबहादुर थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू.६६,०००।-(छैसठ्ठी हजार रूपैंयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) तथा ऐ.ऐन २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र ऐ.ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुनसमेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।१२।१७ को फैसलाबाट आंशिक सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०६।१५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet