प्रतिवादी धन बहादुर बिष्टसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८३।०६।१४ गते।
---------------------------------------------
 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जिल्ला बझाङ्ग, सुनकुडा माध्यमिक विद्यालय, बझाङका तत्कालीन प्रधानाध्यापक धन बहादुर बिष्ट समेतका प्रतिवादीहरू उपर बित्थडचिर गाउँपालिका, वडा नं. ९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तीन तले, बाह्र कोठे भवन निर्माणमा अनियमितता गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रू.२६,५४,६८३/१२ (छब्बीस लाख चौवन्न हजार छ सय त्रियासी रुपैयाँ बाह्र पैसा) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असूल उपर हुन साथै सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९  को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुनसमेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८३।०१।०८ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०६।१४ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ।
 
 
प्रवक्ता
सुरेश न्यौपाने

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र